हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

खोप लगाएकालाई पनि संक्रमण हुन सक्छ तर गम्भीर हुँदैन

 संक्रमणको निरन्तरता कायम रहेका कारण नेपालमा तेस्रो लहरको जोखिम रहेको जनस्वास्थ्यविद्ले बताउनुभएको छ ।

Advertisement

जनस्वास्थ्यविद् प्रा डा सुजनबाबु महरठ्ठाले कोरोनाविरुद्धको खोप लगाए पनि भाइरसको म्युटेसन हुने क्रम कायम रहेकाले म्युटेड भाइरसले खोपलाई छल्न सक्ने सम्भावना रहेको बताउनुभयो । तर खोप लगाएकाहरुलाई गम्भीर प्रकृतिको जोखिम भने नहुने उहाँको दाबी छ ।यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement

अहिले पनि कोरोना भाइरसको जाखिम कायम नै रहेको बताउनुहुँदै जनस्वास्थ्यविद् महरठ्ठाले अनावश्यक हिँड्डुलमा प्रतिबन्ध लगाउन नसके कोरोना नियन्त्रणमा लिन गाह्रो हुने बताउनुभयो ।योसँगै पीसीआर परीक्षणको मात्रा पनि बढाउन जरुरी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अबको आवश्यकता भनेको तीन तहका सरकारको समन्वय रहेको बताउनुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)