हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारी – ४ किसानको मन जित्दै , ७३ किसानलाई कृषि औजार

झापाको  हल्दिवारी गाउँपालिका वडा नम्बर  ४ ले आर्थिक बर्ष २०७७/७८ को बजेट मार्फत छुट्याएको कृषि यान्त्रीकरण ( औजार ) आज मंगलबार एक कार्यक्रमको बिच किसानलाई हस्तान्तरण गरिएको छ ।

Advertisement

Advertisement

वडा कार्यालय र किसानको ५०/५० लागत साझेदारी कार्यक्रम अन्तरगत कुटि काट्ने मिसिन २९ जना ,मकै छोडाउने मिसिन १९ जना ,फोहोर फाल्ने १२ जना र स्प्रे ट्याङ्की १३जना किसानलाई हस्तान्तरण गरेको छ ।

वडा सचीव जय प्रसाद पोख्रेलका अनुसार कुटिकाट्ने मिसिनमा १३२५० ,मकै छोडाउने मिसिनमा ८२५० ,स्प्रे ट्याङ्कीमा २ हजार तथा फ़ोहोर फाल्ने औजारमा २ हजारका दरले किसानलाई वडाले अनुदान सहयोग पुर्याएको हो ।

कृषि बिकास समितिका संयोजक तथा वडा सदस्य केदार प्रसाद उप्रेतीको सभापतित्व तथा वडा अध्यक्ष होम प्रसाद चुडालको प्रमुख आतिथ्यतामा भएको कृषि औजार हस्तान्तरण कार्यक्रममा प्रमुखको अतिथि चुडाल ,कार्यक्रमका अध्यक्ष उप्रेती ,कार्यक्रम विशिष्ट अतिथि तथा कार्यपालिका सदस्य गितादेवो तिम्सिना तथा किसान प्रतिनिधि सुनिल मेचे लगायतले मन्तव्य राख्नु भएको थियोे ।

वडा सदस्य पवित्रा देवि सेन्चुरीले स्वागत गर्नुभएको कृषि औजार हस्तान्तरण कार्यक्रमको सहजीकरण वडा सदस्य जय प्रसाद पोख्रेलले गर्नु भएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)