बिस्णु कुमारी घिमिरे : बिर्तामोड -६ ,साउन । वि.पि.कोइरालाको ३९ औं स्मृति दिवसको अवसरमा बिर्तामोड – १० का राप्रपाका युवा नेता तथा युवा संगठनका अध्यक्ष लगायत कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न ।
युवा संगठन अध्यक्ष कृष्ण कुमार श्रेष्ठ ,राप्रपा महिला नेत्री रत्नमाया तामाङ लगायतका कार्यकर्ता राप्रपा परित्याग गरि काङ्ग्रेसमा प्रवेश गरेका हुन ।

उनिहरुलाई नेपाली काङ्ग्रेसका युवा नेता तथा झापा क्षेत्र नम्बर ३ ख का सभापति नवीन बिमलीले पाटीको सदस्यता दिदै स्वागत गरेका थिए ।

हिजो मात्र हल्दिवारीमा राप्रपाका १० कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1
















