समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

चितवनमा गोली लागेर मृत्यु भएको अबस्थामा भेटिए ३० वर्षिय युवक

चितवन-चितवनमा गोली लागेर एक युवकको मृत्यु भएको छ । मृतक पुरुष अन्दाजी ३० वर्षका भएपनि सनाखत भइनसकेको बताइएको छ । रतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा टाउकोमा गोली लागेको अबस्थामा उनी फेला परेको बताइएको छ ।

Advertisement

उनको टाउकामा गोली लागेको जस्तो घाउ देखिएको छ । बिहान अबेर मात्र घटनाका विषयमा जानकारी प्राप्त भएको जनाउँदैजिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले मृत पुरुषको सनाखत भई नसकेको बताए । शव निकालेर घटनाको अध्ययन थालेको बताइएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article