हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नवनियुक्त प्रदेश प्रमुखलाई राष्ट्रपतिबाट शपथ ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखलाई शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई शपथ गराएकी हुन् ।

Advertisement

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जामन्त्री पम्फा भुसाल, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, अख्तियार प्रमुख प्रेमकुमार राई, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायतको उपस्थित रहेको थियो ।

Advertisement

हिजो बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरूङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।तस्वीर : प्रदीप राज वन्त

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)