काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’ मा देखिने भएकी छन् । उक्त चलचित्र नेपाली चलचित्र ‘ग्याङस्टार ब्लुज’ का निर्माता सरोज न्यौपानेले दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमासँग मिलेर निर्माण गरेका हुन् ।

जसमा स्वस्तिमासँगै माओत्से गुरुङ, उमेश तामाङ लगायतका नेपाली कलाकारको अभिनय छ । राजिव सेट्टीले निर्देशन गरेको उक्त चलचित्रमा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मा लगायतको प्रमुख भूमिका छ ।

चलचित्रको छायांकन हालै सकिएको उक्त चलचित्रलाई नेपालका विभिन्न स्थानमा खिचिएको छ । चलचित्रको निर्माण पक्षले नेपाली कलाकार माओत्से गुरुङको अभिनय रहेको सुटिङ सेटका केही तस्बिरसमेत सार्वजनिक गरेको छ ।सौर्य दैनिकमा खबर छ । तस्बिरमा नेपालको पहाडी भूभागलाई देखाइएको छ ।

माओत्सेको महत्वपूर्ण भूमिका रहेको उक्त चलचित्रमा अभिनेत्री स्वस्तिमाको भूमिका दर्शकका लागि सरप्राइज हुने जनाइएको छ । चलचित्रलाई हिन्दीसहित मलयालम, कन्नड, तमिल र तेलुगू भाषामा चलचित्र प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार