हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नक्कली स्मार्ट कार्डसहित दुई जना पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र(स्मार्ट लाईसेन्स) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

Advertisement

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका – २, बुङमती घर भई हाल जोरपाटी बस्ने वर्ष ४६ को प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका – ६ घर भई हाल मुलपानी बस्ने बर्ष ३१ की कल्पना दाहाल रहेका छन् ।

Advertisement

यातायात कार्यालयहरूबाट जारी गरिने सवारी चालक अनुमतिपत्रका नगदी रसिदहरू केही व्यक्तिहरुले सरकारी कागजात दस्तखत किर्ते गरी रकम लिने गरेको भन्ने बिशेष सूचनाका आधारमा ट्राफिक प्रहरीले उनीहरूलाई कागेश्‍वरी मनोहरा नगरपालिका वडा नं। ६ मुलपानी स्थित राईजिङ एक्सपोर्ट ड्राईभिङ सेन्टरबाट पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

तुलाधरले आफ्नै नाममा रहेको ०१-००-९८५७६९५३ नम्भर भएको सवारी चालक अनुमतीपत्रको नक्कली नगदी रसिद ट्राफिक प्रहरीको चेकिङ्गमा दिएको थिए । तुलाधर पक्राउ परे पछि उनकै बयानका आधारमा ट्राफिक प्रहरीले दाहाललाई मुलपानीबाट नियन्त्रणमा लिएको हो । दाहालको साथबाट गिता कुमारी ठकुरीको नाममा जारी भएको सवारी चालक अनुमती पत्र नं। ०१-०६-००६८३४३८ भएको नक्कली नगदी रसिद समेत बरामद गरेको छ ।

ट्राफिक प्रहरीका अनुसार उनीहरूले दर्जनौ व्यक्तिसँग रकम लिएर नक्कली लाईसेन्स रसिद दिई किर्ते ठगी गर्ने काम गर्दै आएका थिए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त, सिंहदरवारमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)