हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एमाले फुटाउन अध्यादेश, देउवा सरकारलाई महेश बस्नेतको कडा चेतवानी !

काठमाडौँ – सरकारले राजनीतिक दलसम्बन्धी संशोधन अध्यादेश ल्याउने भएको छ। सत्तारुढ गठवन्धनको एक घटकको रुपमा रहेको माधव कुमार नेपाल पक्षलाई नेकपा एमालेबाट छुट्टिन सहयोग पुर्याउने गरी सरकारले राजनीतिक दलसम्बन्धी संशोधन अध्यादेश ल्याउने तयारी गरेको हो।

Advertisement

अध्यादेश ल्याउनको लागि सोमबार रातिदेखि लागू हुनेगरी प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरिसकिएको छ। सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेकोमा राष्ट्रपति कार्यालयबाट सोमबार राति १२ बजेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य हुनेबारे प्राप्त सूचनालाई सभामुख अग्निप्रसाद सापकोटाले बैठकमै पढेर सुनाए।

Advertisement

संसद अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी संशोधन अध्यादेश ल्याउने सरकारको तयारी रहेको छ। अध्यादेश आएपछि माधव नेपाल पक्षलाई नेकपा एमाले फुटाउन सहज हुनेछ। राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या पुर्याउनुपर्ने प्रावधान छ। तर, माधव नेपाल पक्षसँग त्यति सङ्ख्या छैन।

सांसद बस्नेतको आपत्ति

नेकपा एमालेका प्रभावशालि नेता तथा सांसद महेश बस्नेतले संसद अधिवेशन अन्त्य गरेर एमाले विभाजन गर्ने अध्यादेश नल्याउन सरकारलाई चेतवानी दिएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै बस्नेतले त्यसो नगर्न चेतावनी दिएका हुन्।

“सरकारले आज एउटा गज्जबको निर्णय गर्दैछ भन्ने सुनेँ, यो संसद अन्त्य गर्ने नेकपा एमाले विभाजन गर्ने अध्यादेश ल्याउने। डेढ महिनासम्म हिजो संसदीय व्यवस्था चुनौती दिने र केपी ओली सरकारलाई गाली गर्ने सरकारले आज यो निर्णय गर्यो भने संसदीय इतिहासमा कालो निर्णय हुनेछ।”,बस्नेतले भने।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)