जलथल – झापा , भदौ १ : हल्दिवारी गाउँपालिका – ३ मा रहेको चिल्ड्रेन गार्डेन अङ्ग्रेजी विद्यालयमा अभिभावक लाई लक्ष्यित गरि मनोचिकित्सा सम्बन्धि एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

हल्दिवारी गाउँपालिका उपाध्यक्ष तथा शिक्षा समिति अध्यक्ष डम्बरबहादुर गिरिले हल्दिवारीका २ सामुदायिक विद्यालयहरु हल्दिवारी नमूना मावी र जनजागृती मावीमा चाडै नै मनोविद डा. सुशील कडेलको प्रत्यक्ष निगारानीमा अध्यन अध्यापन शुरु गर्न लागेको बताउनु भएको छ ।

कार्यक्रममा मनोविद डा. सुशील कडेलले करिब १ सय अभिभावकलाई बालबालिकामा हुन सक्ने समस्या समाधान र अभिभावकले खेल्नुपर्ने भुमिकाको बारेमा प्रष्ट पार्दै प्रशिक्षण गर्नुभएको थियोे ।

चिल्ड्रेनमा डा . कडेलले ५ बर्ष सम्म विद्यार्थी ,अभिभावक ,शिक्षकलाई मनोविद परामर्श दिन सम्झौता भए अनुसार आज दोस्रो पटक अभिभावक हरुलाई बालबालिकामा हुने समस्या ,समाधान र अभिभावकले खेल्नु पर्ने भुमिकाको बारेमा प्रशिक्षण गरिएको विद्यालयका प्राचार्य दुर्गा मणि गौतमले बताउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















