हल्दिबारी न्यूज डेक्स बिर्तामोड, /नेपाली नागरिक पार्टी केन्द्रिय समितको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ। झापा जिल्लाको बिर्तामोड स्थित पार्टी केंन्द्रिय सम्पर्क कार्यालयमा बैठक सम्पन्न भएकों छ।

राष्ट्रियता,बैकल्पिक लोकतन्त्र, संबिधान संशोधन सभा व्दारा सनातन हिन्दूराष्ट्र नेपालको स्थापना को पक्षमा संघर्ष गर्ने, अहिले देशको हित विपरित हुन लागेको बिदेशी परियोजना एमसीसी देश र नेपाली नागरिकको निम्ति घातक भएको हुदा उक्त परियोजना सम्झौता सदनबाट पास गर्नबाट रोक्न दबाबमूलक कार्यक्रम संचालन गर्ने,हत्या ,बलत्कारर, भ्रष्टाचार, कालाबजारी, सामाजिक अपराध, जातीय बिभेद लगायत भारतीय शासकको हस्तक्षेपको बिरुध्दमा संघर्ष गर्ने समेत निर्णय गरेको छ।

बर्तमान देशको शासकीय ब्यबस्थाले नेपाली नागरिकको समस्याको समाधान नगर्ने ठहर गर्दै शासकीय ब्यबस्थामा रहेको संघीयता र धर्म निरपेक्षता राष्ट्रिय समस्याको कारक भएको हुदा नेपाली नागरिकको अभिमत व्दारा पुष्टि गर्नु पर्ने र त्यसको निम्ति जनमत संग्रह र आन्दोलनबाट छिनोफानो गरेर देशमा शान्ति र राजनीतिक स्थीरता कायम गर्नु पर्ने तथ्य प्रति पार्टी को गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
बैठकको अध्यक्षता राष्ट्रिय अध्यक्ष रामचन्द्र बानियां क्षेत्रीले गरेको सो बैठकले पार्टी मेची ब्यूरो प्रबक्तामा ठूली बाबा खडका , पार्टी बिर्तामोड-५बडा संयोजकमा गोपी बंशल, हिन्दू रश्रक बाहिनी बिर्तामोड-५कमाण्डरमा जयराम गौतमलाई मनोनयन गरेको छ।