अन्तत:नेकपा एमाले फुटेको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपाल आफ्नो नेतृत्वमा नयाँ दल को लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

नेपाल समूहले एमाले फुटाउदै नयाँ पार्टीको नाम ‘नेकपा एमाले (समाजवादी)’ राखिएको छ भने चुनाव चिन्ह ‘खुल्ला किताब’ राखिएको छ । नेता मेटमणि चौधरीले नेता राजेन्द्र पाण्डेलगायतका नेताहरु निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएको बताए । ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने यस समूहमा ९५ सदस्यीय केन्द्रीय कमिटी हुने एक नेताले बताए ।

आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश जारी गरेपछि नेपाल समूहलाई नयाँ पार्टी खोल्नको लागि बाटो खोलिएको थियो । सरकारले जारी गरेको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।