हल्दिबारी । लोकतन्त्र र संसदीय सर्बोच्चता को वकालत गर्दै अदालतको परमादेशबाट बनेको देउवा सरकारले एकपछि अर्को अलोकतान्त्रिक निर्णय गर्दै गैरहेको छ ।
यसै क्रममा संसदको चालू अधिबेशन अन्त्य गरि दल बिभाजन संबंधि अध्यादेश ल्याएको बिरोधमा आज पनि देशब्यापी रुपमा प्रदर्शन भएको छ । यसै क्रममा नेकपा ( एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु हल्दिबारी गाउँकमिटीले आयोजना गरेको बिरोध सभामा सयौं को सङ्ख्यामा युवा विद्यार्थी उपस्थित भइ साङ्केतिक रुपमा अध्यादेश समेत जलाएर बिरोध प्रदर्शन गरेका छ्न ।

झापा हल्दिबारी २ स्कुलचौकमा भएको बिरोध प्रदर्शनमा अनेरास्ववियु तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्र तथा जिल्ला गाउँ स्तरीय नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो ।
अनेरास्ववियु केन्द्रिय सदस्य बलराम गिरिले सम्बोधन गरेक उक्त कार्यक्रम लाई हल्दिबारी गाउँकमिटी सचिब अभिषेक खतिवडाले संचालन गरेको थिए भने कार्यक्रमको अध्यक्षता कमिटीका अध्यक्ष बिजय राईले गरेका थिए ।

















