जलथल ,झापा । हल्दिवारी गाउँपालिकामा आज नेकपा तथा राप्रपा परित्याग गरि २७ जना कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न । नेपाली काङ्ग्रेस सरकारमा आउने वितिकै हल्दिवारी काङ्ग्रेसले अरु पाटिका कार्यकर्तालाई धमाधम आफ्नो पाटिमा प्रवेश गराई रहेको छ। एकहप्ताको बिचमा २ सय भन्दा बढी राप्रपा र कम्नियुस्ट कार्यकर्ता काङ्ग्रेस प्रवेश गरेका छ्न । नेपाली काङ्ग्रेस बाट १ मात्र बिजयी जनप्रतिनिधि होमप्रसाद चुडालको सक्रियतामा उनिहरु काङ्ग्रेस प्रवेश गरेको बताईएको छ । आज वडा अध्यक्ष चुडालकै घरमा नव प्रवेशीहरुलाई अबिर तथा खाता लगाएर काङ्ग्रेसमा स्वागत गरिएको बताईएको छ । काङ्ग्रेसमा को को प्रवेश गरे हेर्नुस् विवरण सहित – उत्तम बजगाई ,जीवन अधिकारी ,मनिलाल राई ,काली बहादुर योन्जन ,मम बहादुर घिसिङ ,बसुन्धरा उप्रेती ,पासाङ्ग दोर्जे घिसिङ ,इस्वरी भण्डारी ,कर्ण तामाङ ,नकुल घिसिङ ,मोन योन्जन ,कुमारी राजवन्सी ,देवि प्रसाद घिसिङ ,कल्पना घिसिङ ,युवराज घिसिङ ,पदम बहादुर बस्नेत ,मोहन बहादुर घिसिङ ,मिना कुमारी तामाङ ,ज्ञान बहादुर दर्जी ,रणमाया घिसिङ ,ओम बहादुर भुजेल ,धन बहादुर दर्जी ,महेन्द्र दर्जी ,मिरा सिवाकोटी ,टीका सिवाकोटी ,रणबहादुर गोले भिम बहादुर लिम्बू लगायतलाई काङ्ग्रेसमा स्वागत गरिएको वडा अध्यक्ष चुडालले बताएका छन ।
Post Views: 201