हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

संघीय संसद्को अधिवेशन भदौ २३ गते बोलाउन सिफारिस

 सरकारले भदौ २३ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

Advertisement

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

Advertisement

यसअघि सरकारको सिफारिसमा साउन ३२ गते राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी थिइन् । संसद अधिवेशन अन्त्य गरेर सरकारले दल विभाजन गर्न सहज हुने गरी अध्यादेश ल्याएको थियो । सो अध्यादेश ल्याएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी फुटेको छ ।

संसद अधिवेशन बोलाउने निर्णय गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान सभामुख अग्निप्रसाद सापकोटा र सत्ता गठबन्धन दलका नेताहरु पुष्पकमल दाहाल र माधव कुमार नेपालसँग बालुवाटारमा छलफल गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)