हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

मिथिला सस्कृती : श्री श्री १००८ बाबा गणिनाथ पुजन हल्दिवारीमा सम्पन्न

हल्दिवारी ,झापा । श्री श्री १००८ बाबा गणिनाथ समावेशी सेवा समितिको अगुवाईमा गणिनाथ जयन्ती , माता खेमासती तथा गुरु गोविन्द जि महाराजको पुजनोत्सव भव्यताका साथ झापा,मोरङ तथा भारतको बिहार लगायतका भक्तजनहरुको उपस्थितिमा सम्पन्न भयो ।

Advertisement

यस क्षेत्रमा मिथिला समावेशी सस्कृतीको जर्गेणाथ हल्दिवारी -४ मा मन्दिर निर्माण ६५ लाखको लागतमा भइ रहेको छ । स्थानीय समाजसेवी उदय ,उमेस तथा रामु शाहीले आवश्यक जग्गा प्रदान गरेपछि मन्दिर निर्माणले तीब्र गति लिएको समितिका अध्यक्ष नितेश्वर शाह हलुवाईले बताए ।

Advertisement

बाबा गणिनाथको मन्दिर तथा धर्मशाला निर्माण गर्न २१ लाख विभिन्न दाताबाट सहयोग प्राप्त भएको छ भने हल्दिवारी गाउँपालिकाले ५ लाख तथा वडा नम्बर ४ ले १ लाख दिने निर्णय गरेको अध्यक्ष हलुवाईले बताए । मेची अञ्चलमै पहिलो  बन्न लागेको बाबाको मन्दिर तथा धर्मशालाले हल्दिवारीकोपथ पर्यटनलाई सहयोग पुग्ने बिश्वास लिईएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)