हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको महामन्त्री पदम उम्मेद्बारी दिने घोषणा

काठमाडाैँ । बीपी जयन्तीको अवसर पारेर नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

Advertisement

आफ्नो राजनीतिक जीवनको ८ वर्ष जेल बिताएको सुन्दरीजल बन्दी गृह (हालको बीपी संग्रहालय)मा एक कार्यक्रम गरी शर्माले आसन्न १४औँ महाधिवेशनमा महामन्त्रीकाे उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

Advertisement

तत्कालीन अवस्थामा बीपीले रोपेको कपुरको रुखमा जल चढाई रुद्राक्षको बोट रोपेर शर्माले उम्मेदवारी घोषणा गरेका थिए । प्रवक्ता शर्माले त्यहाँ रहेको वीपी, गणेशमान सिंह , कृष्णप्रसाद भट्टराईलगायत नेताको शालिकमा माल्यार्पण गरेका थिए ।

सुन्दरीजल बन्दी गृहमा बीपीसहित गणेशमान, कृष्णप्रसाद, रामनारायण मिश्र, देवानसिंह राई लगायतका कांग्रेस नेताहरूलाई तत्कालीन सरकारले बन्दी बनाई थुनेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)