हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

देउवा सरकार अलोकतान्त्रिक तरिकाले हिँड्दैछ – शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकै कारण कांग्रेस ‘अलोकतान्त्रिक ढंगले अघि बढेको’ आरोप लगाएका छन्। शनिबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सभापतिकै कारण पार्टीको विधि र विधान मिचिएको आरोप लगाएका हुन्।

Advertisement

‘कांग्रेस लोकतान्त्रिक पार्टी त हामीले भन्यौं तर अलोकतान्त्रिक ढंगले अगाडि जाँदैछ। विधि, विधान सबैलाई मिचेर अगाडि जान खोजिरहेको छ,’ उनले भने, ‘कांग्रेसमा अलोकतान्त्रिक प्रवृत्ति बढेको छ। सभापतिजीकै जिल्ला डडेल्धुरामा जसरी अधिवेशन सम्पन्न भयो, त्यसले के देखाउँछ भने पुलिस प्रशासनको आड भरोसामा अधिवेशन गराउनेतिर गयो भने त्यो अधिवेशन कस्तो होला ?’

Advertisement

७५ वर्षको कांग्रेसको इतिहासमा कहिल्यै पनि पुलिस प्रशासन लगाएर अधिवेशन नभएको कोइरालाको भनाइ थियो।डडेल्धुरामा पुनः अधिवेशन हुन नसक्ने भन्दै महामन्त्री शंशाक कोइरालाले दिएको अभिव्यक्तिप्रति उनले असन्तोष प्रकट गरे।

पुनः अधिवेशन माग गर्दै निर्वाचन समितिलाई पौडेल पक्षले निवेदन दिएलगत्तै महामन्त्री कोइरालाले त्यस्तो अभिव्यक्ति दिएका थिए। ‘महामन्त्रीले किन त्यसो भन्नुभयो, उहाँलाई नै सोध्नुस्,’ उनले भने, ‘डेडल्धुरामा जे भएको छ गलत भएको छ। सच्याउनुपर्छ।’

पार्टी सभापति देउवा नेतृत्वको सरकारप्रति पनि कोइरालाले असन्तुष्टि प्रकट गरे। सरकारबारे के भन्नुहुन्छ भन्ने जिज्ञासामा कोइरालाको जवाफ थियो-‘सरकार चलेको छ र ? आज ६४ –६५ दिन त भयो क्यारे। भोलि संविधान दिवस पनि हो। पाँच जनाले सरकार चलाउने हो ? यो सरकार पनि अलोकतान्त्रिक तरिकाले हिँड्दैछ। यो–यो विषयमा नबोल्नु भन्ने प्रेस विज्ञप्ति प्रकाशित गरेको छ। हाम्रै नेतृत्वमा सरकार छ। तर, पनि हामी नराम्रो कुराको विरोध गर्छौं।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)