हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नागरिक पार्टी झापाको अध्यक्षमा ढुंगाना

हल्दिबारी न्यूज डेक्स  दमक(झापा) असोज३/नेपाली नागरिक पार्टी झापाको प्रथम भेला सुरुंगामा सम्पन्न भएको छ।

Advertisement

भेलाले देवेन्द्र किशोर ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ।जसको उपाध्यक्षमा ठूलीबाबा खडका (अर्जुनधारा),जीबनारायण श्रेष्ठ (सुरुगा),सचिब दामोदर आचार्य (कन्काई नपा ),सह सचिव डिल्लीराम पौडेल (मेचीनगर),सदस्यहरु वाश्चल दाहाल उमेश, मोहम्मद जफिर मियां,देबी भेटवाल, याम प्रसाद पराजुली,भोगेन्द्र राजबंशी,जयराम गौतम,कमला भट्टराई,निरमाया पाठक कडेरिया लगायत रहेका छन।

Advertisement

भेलाका प्रमुख अतिथि पार्टी राष्ट्रिय अध्यक्ष रामचन्द्र छेत्रीले निर्वाचित जिल्ला समितिलाई पार्टी संगठनका बारेमा प्रष्ट पारेका थिए।उनले देश संकटमा रहेको बर्तमान अबस्थामा पार्टीका नेता-कार्यकर्ताहरुको अगुवाईमा पार्टी व्दारा घोषित सनातन हिन्दूराष्ट्र नेपाल राष्ट्रिय अभियान सहितको आन्दोलनको नेतृत्व गर्नुपर्ने बताए।उनले देशमा बिध्यमान भ्रष्टाचार,हत्या,हिंसा, बलात्कार ,दमन,तथा बिकृति र बिसंगतिका विरुद्ध निर्बाचित समितिले स्थानीय मुद्दाहरुमा आवाज उठाउनु पर्ने र बैदेशिकहस्तक्षेप बिरुध्द सशक्त मोर्चा बनाएर संघर्ष गर्नुपर्ने बताए।

भेलामा पार्टी कार्यकारिणी सदस्य नारायण पौडेल दीपकले शुभकामना तथा बधाई सहित पार्टीको धारणा राखेका धिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)