हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर ओलीले दायर गरेको रिट हेर्दोहर्दैमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदन हेर्दोहर्दैमा राखिएको छ । रिटमाथि आज(सोमबार) सुनुवाइका लागि पेसी तोकिएको थियो ।

Advertisement

न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी तोकिएको उक्त रिटमा सुनुवाइ नसिकएपछि हेर्दोहर्दैमा राखिएको हो । यसको सुनुवाई मंगलबार हुनेछ । एमाले अध्यक्ष ओलीले पार्टीबाट कारवाही गरिएका १४ सांसदसमेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए ।

Advertisement

पार्टीले कारवाही गरेको बारेमा जानकारी गराउँदासमेत सभामुख अग्निप्रसाद सापकोटाले ती १४ सांसदलाई पदमुक्त नगरेर नयाँ दल दर्ताका लागि भूमिका निर्वाह गरेको जिकिर पनि रिट निवेदनमा गरिएको छ । यसअघिको सुनुवाइमा सर्वोच्च अदालतले दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो ।

एमाले अध्यक्षको रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले विपक्षीलाई झिकाउने आदेश गरेका थिए । सर्वोच्चले भदौ २८ मा दुवै पक्षलाई बोलाएको थियो । तर, भदौ २८ गते न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको इजलासमा राखिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखेको थियो । यही विषयलाई लिएर एमालेले संसद् अवरुद्ध गर्दै आएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)