हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

१४ जनालाई अमेरिका लैजाने भन्दै  मानव तस्करी गरेको अभियोगमा तिन जना पक्राउ

काठमाडौँ ४ असोज । मानव तस्करी गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपनस्थित राममन्दिर छेउ बस्ने नोरुल अमिनर सकिफ आलम र डल्लु बस्ने अजमत उल्लाह रहेका रहेका छन् ।

Advertisement

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलेअमिनलाई सोमबार र आलम र उल्लाहलाई भने शनिबार नै पक्राउ गरेको थियो ।

Advertisement

प्रतिव्यक्ती झण्डै साढे तीन लाख रुपैयाँ लिई बंगालादेशको ढाकादेखि भारतको बाटो हुँदै नेपालसम्म ल्याएको प्रहरीले जनाएको छ ।

बंगालादेशमा शरणार्थी जीवन बिताइरहेका म्यानमारका दुई परिवारका १४ जना रोहिंग्या शरणार्थीलाई अमेरिका लैजाने भन्दै नेपाल ल्याई मानव तस्करी गरेको प्रहरीको अनुशन्धानबाट खुल्न आएको छ ।

निजहरु काठमाडौंमा विभिन्न पेशाकर्मीको आवरणमा मानव तस्करी आएको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)