बिस्णुकुमारी घिमिरे : बाह्रदशी ,झापा । नेपाली काङ्ग्रेसको हुन गई रहेको १४ औं महाधिवेशनमा बाह्रदशी गाउँ सभापतिमा इन्द्र बहादुर बस्नेतले उम्मेद्बारी दिने घोषणा गरेका छ्न ।
उनको उम्मेद्बारी घोषणा संगै काङ्ग्रेस कार्यकर्तामा नयाँ हौसला थपिएको पुर्व जिल्ला सचिव, तथा अनुगमन मुल्यांकन तथा अभिलेख बिभाग जिल्ला प्रमुख दयानन्द गोस्वामी बताउँछन् ।
तत्कालीन चकचकी गाउँ सभापति ,जिल्ला सदस्य हुँदै सक्रिय रूपमा काम गरेका बस्नेतले २०४५ देखि नेपाली काङ्ग्रेसको संगठनमा रहि निष्ठा र इमानदारीका साथ काम गरेकोले पनि उनको बिजय सुनिश्चित रहेको गोस्वामीको भनाई छ ।
नेपाली काङ्ग्रेस बाह्रदशीलाई सक्रिय पार्नकै लागि सर्वपक्षीय उम्मेद्बारको रूपमा उनलाई सभापतिमा सहयोग गर्न पुर्वसचिव गोस्वामी ,गाउँपालिका अध्यक्ष खडग प्रसाद राजवन्सी ,उपाध्यक्ष रत्ना राजवन्सी ,काङ्ग्रेस नेता राम दुलाल ,७ बटै वडाका निर्वाचित सभापतिहरु लगायत उनकोलागि भोट मागी रहेकोले पनि बिजय सुनिश्चित रहेको देख्न सकिन्छ ।
Post Views: 285