नेपाली काङ्ग्रेसका नेता पुर्व उपप्रधानमन्त्री कृष्ण प्रसाद सिटौलाको निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी घोषणा गर्ने प्रसाईं हल्दिवारी २ का स्थाई बासिन्दा हुन ।

नेपाल विद्यार्थी सघको राजनीतिबाट काङ्ग्रेस हल्दिवारीमा सक्रिय रहेका प्रसाईं हल्दिवारी उधोग बाणिज्य संघको सस्थापक सदस्य समेत रहेका छ्न । गत स्थानीय तह निर्वाचनमा वडा नम्बर २ का अध्यक्षका प्रत्याशित उम्मेद्बार रहेका प्रसाईं सरल ,सामाजिक ,व्यक्तित्वको रूपमा चिनिन्छ्न ।
हल्दिवारी डटकम संगको कुराकानीमा उनले आफु महाधिवेशन प्रतिनिधिको लागि योग्य रहेकोले उम्मेद्बारी दिएको बताएका छ्न ।