हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

लेटाङ वारंगीका किसानको मुख्य आयस्रोत बन्दै डौठे निगुरो

झापा । मोरंग जिल्लाको लेटाङ नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने वडा नम्बर ७ वारंगीको विभिन्न स्थानहरुमा पाइने जंगली डउठे निगुरो यस भेगका मानिसहरुको मुख्य आर्थिक उपार्जनको स्रोत वन्न थालेको छ ।

Advertisement

अज्ञात रोगका कारण खोल्साको अलैंची मासिएपछि उक्त ठाउँमा जंगली निगुरो फस्टाएर राम्रो उत्पादन हुन थाले संगै यसले वजार भाउ पनि राम्रो पाउन थालेको हो । यसरी निगुरो उत्पादन भएर आम्दानी हुन थालेपछी कृषकहरुमा निगुरो प्रति आकर्षण बढेको वताउँछन्।

Advertisement

सुरु सुरुमा गाउँमै मुठाको ४० रुपैयाँ सम्ममा विक्ने गरेको निगुरो अहिले यसको मुल्य केही घटे पनि कृषकहरूले हप्ताको १० हजार सम्म कमाउने स्थानीयहरु बताउँछन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)