मेरो उम्मेद्बारी प्रदेश महाधिवेशनमै किन ?
१.नेपाली काङ्ग्रेसलाई संघसंगठन र विचारमा बलियो पार्टी बनाउन।

२.कार्यकर्ताहरुको कामको मुल्यांकन राख्ने परिपाटी बसाल्न।

३. कार्यकर्ताहरुलाई पूर्णकालिन बनाएर तिनको जीविकोपार्जनको निम्ति आयआर्जनको सुनिश्चित गर्न।
४. नेपालको अर्थतन्त्रमा आमूल परिवर्तन गरि पाँच दशकको विकासको खाका कोरेर जनताको मत लिएर नेपाली काङ्ग्रेसले यूरोप तथा अन्य विकसित मुलुक जस्तैः बनाउन।
५. पर्यटनहरुको गन्तव्य मुलुक नेपाल बनाएर विदेशी मुद्राको दरो आम्दानीको श्रोत बनाउन। ६.मानिसले जन्मदेखिन मृत्यु सम्म कर तिरेको हुन्छ करको दोहन रोक्न र मै बनाउछु कर तिरेर मेरो देश भन्ने भावना सबैमा जागृत गराउन।
६.शिक्षा स्वास्थ्यमा सबै नागरिकले निशुल्क पाउने ग्यारेन्टी गराउन।
७.आफ्नो जीवनमा देशको निम्ति पसिना बगाएका सबै जेष्ठ नागरिकहरुको निम्ति सामाजिक सुरक्षा भत्ता होइन गाँस बास कपास उपचार सबैको जिम्मा राज्यले लिनु पर्छ भन्ने ग्यारेन्टी नेपाली काङ्ग्रेसको सरकारले गराउन, त्यसो गर्दा भ्रष्टाचारको अन्त्य हुन्छ।
८. सबै बर्ग धर्म प्रती आस्था राख्नेहरुको धर्म सस्कृतिको नेपाली काङ्ग्रेसले जगेर्ना गर्ने कुराको ग्यारेन्टी गर्न।
९. सबै पिछडिएका जातजातिहरु तथा सबै खाले अपांगहरुको पउच राज्यका निकायहरुमा पुर्याउने तथा शिक्षा स्वस्थ्य रोजगारको ग्यारेन्टी नेपाली काङ्ग्रेसको सरकारले गराउने निति नियम बनाउन।
१०. रोजगारको सरकारले ग्यारेन्टी गराउन ।
११. देश भित्र उद्योग कलकारखाना खोल्न स्वदेशी तथा विदेशी पूंजीको परिचालन गराउने, रेमिटेन्सलाई उत्पादन मुलक ठाउँमा लगानी गराइ जादा कामदार आउँदा उद्योगको मालिक बनाउन।
१२. देशमा रहेका अपार प्राकृतिक साधन र श्रोत बाट चल्ने उद्योग धन्दा कलकारखाना खोली रोजगारी तथा स्वदेशी उत्पादनको प्रयोग गरि आत्मनिर्भर बनाउने।
१३. गरिबीको मुल जरो पत्ता लगाएर त्यसलाई जरैदेखि उखलेर फ्याक्न नेपाली काङ्ग्रेसको सरकारले गर्नेछ भन्ने निति नियम बनाएर कार्यनयन गराउने।
१४. प्रत्येक झुपडीमा बि पि विचार पुर्याउने कम्तीमा एक गाउँ एक उद्योगको अवधारणा ल्याएर कार्यनयन तर्फ जोड दिन।
१५.कृषिलाई आधुनिकीकरण गरि देशलाई खाद्यमा आत्मनिर्भरता गराउने, मल बिउ बीजनको राज्यले ग्यारेन्टी गर्ने कृषकको उत्पादनको बजार व्यवस्थापनको जिम्मा राज्यले लिने निति नियम तर्जुमा गराउन।

१६. देशमा रहेको अपार जलस्रोतलाई जलविद्युत उत्पादन गरेर उपयोग गर्ने बिक्री गरेर विदेशी मुन्द्रा आर्जन गरि देशलाई धनी बनाउने तथा कृषिमा सिचाइको प्रबन्ध गर्ने।
१७. बढ्दो अव्यवस्थित सहरीकरण रोक्ने गाउँ गाउँमा शिक्षा र स्वास्थ्य पुर्याउने सबै नागरिकले निशुल्क उपयोग गर्न पाउने निति नियम तर्जुमा गर्ने।
१८. गरिब र धनी बिचको खाल्डो पुर्ने।
१९. नागरिकका स्वतन्त्रताहरुको ग्यारेन्टी नेपाली काङ्ग्रेसले गराउने।
२०. प्रत्येक नागरिकमा मै बनाउछु मेरो देश भन्ने भावनाको जाग्रीत गराउने।
२१. नेपाललाई संसारको स्वर्गको देश बनाउने मानव जन्म लिएपछि एक पटक नेपाल भ्रमण नगरी जीवन सार्थक हुँदैन भन्ने तर्फ सबै विदेशीमा जागरण गराउने। २
२. कोही नागरिक भोकले रोगले मर्नु नपर्ने निति नियम काङ्ग्रेसले बनाएर लागु गराउने।
२३. सबै खाले हिंसा हत्याहरु र छुवाछूतको अन्त्य गर्ने।
२४. सबै खाले आचरणमा रहेको व्यक्ति मात्र जनप्रतिनिधि बन्न पाउने निति नियमको तर्जुमा गर्ने।
२५. नेपाली काङ्ग्रेसलाई नै किन मत दिने भन्ने कुराको प्रष्ट रूपमा अर्थतन्त्र खाका कोर्ने र विकासको तस्बिर बनाएर यी कुराहरु लागु गर्न भन्ने कुरा मतदाताहरुमा जाग्रीत गराउन।
२६. देश बनाउन नव सोच चाहिन्छ उमेर र पुस्ताले होइन।
२७. मेरो मत रुखमा नेपाली काङ्ग्रेसलाई मत भन्ने सबै नेपालीहरुको मुखमा भन्ने भावना जागृत गराउन।
२८. एक नम्बर प्रदेशलाई यहाँका प्राकृतिक साधन र श्रोतको उपयोग गरि देशकै नमुना विकसित प्रेदेश बनाउन तर्फ निति नियम तर्जुमा गर्ने।
२९.यातायातलाई विस्तार गरेर गाउँ- गाउँ सम्म पुर्याएर स्थानीय उत्पादनको बजार सम्म पउच पुर्याउने तराई पहाड हिमाली क्षेत्रलाई यातायातको माध्यमले जोड्ने। जय नेपाल ।
राज कुमार कार्की प्रदेश “क” महाधिवेशन प्रतिनिधिको उमेदवार खुल्ला तर्फ। सम्पर्क नम्बर ९८४३०१३२९९ झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर एक “क” प्रदेश। आफ्नो अमुल्य मत दिएर विजयी गराउन हुन सबैमा हार्दिक अनुरोध गर्द्छु।नेपाली काङ्ग्रेसको निति नियममा आमूल परिवर्तन गरि नयाँ नेपाल निर्माणको खाका कोर्न तर्फ मेरो पहल कदमी हुनेछ।