हेमन्त मैनाली : जलथल  । चौकीविरान सामुदायिक वन उपभोक्ता समूहको चौथो वार्षिक साधारणसभा हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्ग देनको प्रमुख आतिथ्यतामा  सम्पन्न भएको छ ।

कार्यक्रममा उपभोक्ता समुहले  २० लाख ३४ हजार ४६९ रुपैयाँको आयव्यय प्रस्तुत  गर्दै आर्थिक वर्ष ०७८/ ०७९ मा  करिब ७० लाख आम्दानी गर्ने लक्ष्यसहितको वार्षिक प्रतिवेदन सभामा पेश गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि लिङ्गदेन   हल्दिवारी ४ का कार्यवाहक अध्यक्ष केदार प्रसाद उप्रेती ,

फरेस्ट एक्सन नेपालका निर्देशक  डा.लिलानाथ  शर्मालगायतले जलथल जङ्गल र सामुदायिक बन उपभोक्ता समूहले खेल्नु पर्ने भुमिकाको बारेमा मन्तव्य राखेका थिए ।

समूहका अध्यक्ष बिसुलाल मेचेको अध्यक्षतामा भएको साधारणसभामा सचीव सीता ढुंगेलले अध्यक्षको प्रतिबेदन ,कोषाध्यक्ष वण्डा मेचेले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए ।  उपाध्यक्ष अर्पन राईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण समुहका सहसचिव सन्तलाल मेचेले गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार