हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

परराष्ट्रमन्त्री खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्चमा रिट परेको छ । अधिवक्ता विशाल न्यौपानेले खड्कालाई कानुनी व्यवस्थाबिनै शपथ गराइएको जिकिर गर्दै शपथ बदरको माग गरेका हुन् ।
कानूनी व्यवस्था गरेर शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न(नगराउन रिटमा अन्तरिम आदेश मागिएको छ । केपी ओली नेतृत्वको सरकारले जारी गरेको शपथसमबन्धी अध्यादेश २०७८ संसदबाट पारित नभएकाले स्वतः निष्क्रिय भएको अवस्थामा कानूनको अभावमा शपथ लिनु कानुनी राज्यको प्रतिकूल हुने रिटमा दाबी गरिएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरी भदौ ६ मा पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । रिटमाथि बुधबारका लागि पेसी तोकिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)