हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एमाले विधान महाधिवेशनमा तीनवटै प्रतिवेदन पारित

काठमाडौं । नेकपा एमाले विधान महाधिवेशनमा प्रस्तुत तीनवटै प्रतिवेदन पारित भएको छ। आइतबार महाधिवेशनको पूर्ण सत्रले शुक्रबार प्रस्तुत प्रतिवेदनहरु पारित गरेको हो।

Advertisement

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए।

Advertisement

आइतबार प्रतिवेदन प्रस्तुतकर्ता तीनै जनाले जवाफ दिएका हुन्। प्रतिवेदनमाथि छलफलका लागि १० वटा समूह गठन गरिएका थिए। उनीहरुले उठाएका प्रश्नहरुमाथि ओली, पोरखेल र पौडेलले सम्बोधन गरेका थिए। जवाफपछि ती प्रतिवेदनहरु सर्वसम्मत ढंगबाट पारित भएको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)