कमला भट्टराई/न्यूज डेक्स बिर्तामोड् झापा / झापा जिल्लाको मेची नगरपालिका–८ स्थित पूर्व– पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले करीव १० किलो ४ सय १० ग्राम गाजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर जिल्लाको कालिकाटार गाउँपालिका–४ बस्ने २९ वर्षीया फूलमाया स्याङ्गतान र अर्जुन मोक्तान रहेका छन् ।सशस्त्र प्रहरीले फूलमाया स्याङ्गतान बसोबास गर्दै आइरहेको कोठामा चेकजाँच गर्दा करीव ५ सय ५५ ग्राम गाजा भेटेपछि सोही नगरपालिका–१० बस्ने ५२ वर्षीय शम्भु राजवंशीलाई समेत पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

मे १ ह ३४७१ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको उक्त गाजा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरूको साथमा उक्त गाजा फेला पारेपछि पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई बरामद गाजा तथा अटोसहित आवश्क कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका–२ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ३ किलो गाजासहित एक जनालाई पक्राउ गरेको छ ।सशस्त्र प्रहरीले भारतबाट अबैध रुपले आउदै गरेका सोही जिल्लाको ब्रम्हपुरी गाउँपालिका–८ बस्ने ४५ वर्षीय बिन्देश्वर सहनीलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त गाजा फेला पारेपछि पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ