हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ सय १३ पुग्यो, ३३ जना अझै बेपत

काठमाडौं । बाढी, पहिरो र डुबानमा परेर हालसम्म १ सय १३ जनाको मृत्यु भएको छ। वर्षाजन्य विपत्का घटनामा परी देशभर ३३ जना बेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ ।

Advertisement

बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। त्यस्तै विपत्का घटनामा परी देशभर ३२ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।बाढीका कारण जम्मा २ हजार २३२ वटा घर डुबानमा परेका छन्। ७१ वटा घर, १६ वटा गोठ, ६ वटा पुल, १ वटा विद्यालय र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।

Advertisement

१८६ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १८८ वटा घर परिवार विस्थापित भएका छन्।

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत भइरहेको छ। विभिन्न स्थानमा भएको बाटो अवरोध समेत हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)