हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भारतका लागि खतरा बन्न सक्ने तीन पाकिस्तानी खेलाडी !

हल्दिबारी – युएई र ओमानमा जारी टी-२० विश्वकप क्रिकेटमा आइतबार भारत र पाकिस्तान खेल्दै छन्। विश्वकपको सुपर १२ अन्तर्गत आज साँझ ७ः ४५ मा दुबई इन्टरनेसनल स्टेडियममा यी दुई टीम भिड्ने छन्।पाकिस्तान क्रिकेट टीमले कति बेला कस्तो प्रदर्शन गर्न सक्छ भनेर भन्न सकिन्नँ। बलियो टीमलाई हराउन सक्ने र कमजोर टीमसँग पराजित हुने पाकिस्तानी क्रिकेटको विशेषता हो। २००९ को विश्वकप विजेता पाकिस्तान यसपटक फेरि उपाधि हात पार्ने दाउमा छ।

Advertisement

आइतबार उसले कट्टर प्रतिद्वन्द्वी भारतविरुद्ध प्रतिष्प्रदा गरेर विश्वकपको पहिलो खेल खेल्दैछ। टी-२० विश्वकपमा भारतविरुद्ध पाकिस्तानी टोलीको कीर्तिमान निकै खराब छ। टोलीले अहिलेसम्म पाँच खेल खेलेको छ र पाँचै खेलमा भारतसँग हार बेहोरेको छ।

Advertisement

तर, यो विश्वकपमा युएईको अवस्थामा पाकिस्तानको टोली खतरनाक सावित हुन सक्छ किनभने उनीहरूसँग खेल्ने धेरै अनुभव छ। पाकिस्तानका धेरै खेलाडीहरू छन् जो भारतका लागि खतरा बन्न सक्छन् र यदि यी खेलाडीहरूले राम्रो गरे भने पाकिस्तानले विश्वकपमा भारतविरुद्ध पहिलो जीत हासिल गर्न सक्छ। आज हामी तीन पाकिस्तानी खेलाडीको बारेमा उल्लेख गर्दैछौं, जो भारतका लागि खतरा साबित हुन सक्छन्।

१ .मोहम्मद रिजवान
पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले भारतविरुद्धको खेलमा ओपनिङ गर्ने भएका छन्। रिजवानले पहिलो ओभरमा छिटो रन बनाएर विपक्षी बलरहरूलाई दबाब दिने प्रयास गर्ने छन्।

रिजवानले ४३ खेलमा ४८।४० को औसतमा १०६५ रन बनाएका छन् भने एक शतक र आठ अर्धशतक आफ्नो नाममा लेखाएका छन्। रिजवानमा ठूलो स्कोर बनाउने क्षमता छ। यदि भारतीय टोलीले उनलाई सुरुमै आउट गरेन भने भारतका लागि समस्या बढ्नेछ।

२.शाहीन शाह अफ्रिदी
भारतीय दायाँ हाते ब्याट्सम्यान फास्ट बलरसामु निरही हुने कुरा सर्वविदित छ। र, यसलाई ध्यानमा राख्दै फास्ट बलर शाहीन शाह अफ्रिदी पाकिस्तानका लागि ट्रम्प कार्ड साबित हुन सक्छन्।

शाहिनसँग खुल्ला ओभरमा बल स्विंग गर्ने क्षमता छ। उनले भारतीय शीर्ष अर्डरको ब्याट्सम्यानका लागी धेरै समस्या निम्त्याउन सक्छन्। यदि शाहीनले उद्घाटन ओभरमा भारतको विकेट लिए भने पाकिस्तानको लागि बाटो सजिलो हुन सक्छ।

३ .बाबर आजम
पाकिस्तानी कप्तान बाबर आजम र भारतीय कप्तान विराट कोहलीको तुलना बारम्बार हुने गरेको छ। पाकिस्तानी टीमका लागि विराट कोहलीको रूपमा उनले महत्वपूर्ण भूमिका खेल्छन्। बाबर आजमलाई टी-२० क्रिकेटको सर्वश्रेष्ठ खेलाडी मानिन्छ।

उनले टी-२० मा लगातार राम्रो प्रदर्शन गरेर आफूलाई प्रमाणितसमेत गरिसकेका छन्। बाबरले पाकिस्तानका लागि ६१ टी-२० खेलमा २२ सय चार रन बनाएका छन् भने उनको नाममा एक शतक र २० अर्धशतक रहेको छ। बाबर आफ्नो शानदार प्रदर्शनका कारण भारतका लागि एक ठूलो खतरा साबित हुन सक्छन्। बाबर आजमको विकेट भारतको दृष्टिकोणबाट धेरै महत्वपूर्ण हुनेछ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)