हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

वडाध्यक्ष अधिकारीसहित नौ जना तास खेलिरहेको अवस्थामा पक्राउ, उनीहरुमाथि जुवा ऐनमा मुद्दा दर्ता गर्ने प्रहरीको तयारी

तास खेलिरहेको अवस्थामा प्रहरीले वडाध्यक्षसहित नौ जनालाई पक्राउ गरेको छ । नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित विदुर नगरपालिका–४ स्थित एक होटलमा तास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नौ जनालाई बिहिबार राति पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा वडाध्यक्ष सहित विदुर–१ का कृष्ण विश्वकर्मा, विदुर–४ का केशवप्रसाद पन्त, विदुर–५ का नवीन चित्रकार, विदुर–६ का मच्छिन्द्र परियार, बेलकोटगढी नपा–१० का सन्तोष त्रिपाठी, लिखु गापा–३ का राजु पन्त, दार्चुला घर भएर हाल विदुर–६ बस्दै आएका पदमसिंह धामी र भारतको मोतिहारी घर भएर हाल बट्टारमा बस्दै आएका ईश्वर गुप्ता रहेका छन् ।

Advertisement

तास खालबाट प्रहरीले १६० पत्ती तास र ५२ हजार नगद समेत बरामत गरेको छ । थप कारवाहीको लागि जिल्ला प्रशासन कार्यालयमा जुवा ऐनमा मुद्दा दर्ता गर्ने प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)