पोखरामा एक वृद्ध मृतावस्थामा फेला परेका छन् । धनुषाको जनकपुर उप–महानगरपालिका–१८ घर भई हाल पोखरा–३० ढुङगेपाटनस्थित त्रिभुवन शान्ती माविको निर्माणाधीन भवनमा काम गर्ने ७० वर्षीय शोगारथ मन्डल मृतावस्थामा फेला परेका हुन् ।

उनी आफू बस्न बनाएको कोठा भन्दा अन्दाजी १५ मिटर उत्तरतर्फ रहेको शौचालयमा मृतावस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
