हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपालमै पहिलो पल्ट हल्दिवारीमा विषादी रहित चिया उत्पादन शुरु

बिर्तामोड । नेपालमै पहिलो पल्ट झापाको हल्दिवारी गाउँपालिका – ३ कदम चोकमा विषादी रहित चिया उत्पादन शुरु भएको छ ।

Advertisement

हल्दिवारीका ५ कर्ण दाजुभाइको सयुक्त करिब ८ करोड ५० लाखको लगानीमा ” कर्ण एन्ड ब्रदर्स टि. इन्ड्रस्ट्री ” मार्फत १००% विषादी रहिद चिया उत्पादन तथा प्याकेजिङ्ग शुरु गरिएको उक्त टि. इन्ड्रस्ट्रीका डाइरेक्टर इन्जिनियर दिनेश कर्णले बताए।

Advertisement

नेपालका चिया बगानहरुमा अत्यधिक विषादी प्रयोग भई रहेको अवस्थामा विषादी रहित चिया ,तथा अन्य बाली लाई विषादी रहित बनाउने अभियानमै लागेको सत्येन्द्र कुमार कर्णको अगुवाईमा दाजुभाइले चिया फ्याक्ट्री संचालनमा ल्याएका हुन । बिगत १० बर्षदेखी विषादी रहित हरियो चिया पत्ती ,अन्न बाली ,तरकारी उत्पादन गर्दै आएका उनले आफ्नो २२ बिघा र अन्य को करिब ५० बिघा जमिनबाट विषादी रहित हरियो चिया पत्ती उत्पादन गरि प्रसोधन समेत शुरु गरेका छ्न ।

झापामै विषादी रहित खाद्य बालीका विशेषज्ञको रूपमा चिनिएका सत्येद्र कुमार कर्णको चिया उत्पादन देखि प्रशोधन समेत विषादी रहित बनाउन शुरु गरेपछि उनको चौतर्फी प्रसंसा भएको छ । आफ्नो फ्याक्ट्रीबाट उत्पादन गरिएको चिया १००% विषादी रहित हुने र नेपालमै यसको बजार हुने उनले बताएका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)