हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

तरकारी बोकेको जीप दुर्घटना हुँदा राजुको ज्यान गयो

दाङबाट तरकारी लिएर सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रा १ च १३१० नं को जीप आज बिहान रत्न राजमार्गको झुप्राखोला नजिकै दुर्घटना भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

मृत्यु हुनेमा घोराही नगरपालिका–१३ का अन्दाजी २८ वर्षीय जीपचालक राजु विक रहेका छन् । प्रहरी निरीक्षक कनकबहादुर शाहीले दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि कालागाउँस्थित प्रदेश अस्पताल पु¥याउने क्रममा उनको मृत्यु भएको जानकारी दिनुभयो । सोही दुर्घटनामा परी लिवाङ नगरपालिका–३ रोल्पाका १६ वर्षीय लोकेन्द्र सुनार सामान्य घाइते भएका थिए । जीप सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)