हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

शर्माको सम्झनामा अक्षयकोष स्थापना, ऊर्जामन्त्री भुसालले दिइन् एक महिनाको तलब

ललितपुरका वामपन्थी नेता ठक्कर शर्मा बजगाईको स्मृतिमा अक्षयकोष स्थापना हुने भएको छ । ललितपुरको थसिखेलमा आयोजित श्रद्धाञ्जली सभामा बाग्मती प्रदेश कमिटी सदस्य दिपेन्द्र श्रेष्ठले अक्षयकोष स्थापना लागि राखिएको प्रस्तावमा ऊर्जामन्त्री पम्फा भुसालले एक महिनाको तलब दिने घोषणा गरिन् ।मन्त्री भुसालले ६८ हजार तलबमध्ये पार्टीले लिने १५ हजार लेबीबाहेक ५३ हजार रुपैयाँ शर्माको स्मृतिमा निर्माण हुने संस्थालाई दिने बताइन् । शर्माको स्मृतिमा स्थापना गरिने अक्षयकोषले सामाजिक काम गर्ने नेता श्रेष्ठले बताए ।

Advertisement

गत ५ कात्तिकमा शर्माको फोक्सोको क्यान्सरका कारण मृत्यु भएको थियो ।

Advertisement

प्रदेश सासंद माधव पौडेलले निष्ठाको राजनीति गर्ने शर्माको स्मृतिमा अक्षयकोष बनाएर सामाजिक काम गर्नु सराहनीय भएको बताए । उनले आफू अक्षयकोषमा योगदान गर्न तयार रहेको बताउँदै सबैको सहयोग रहने विश्वास व्यक्त गरे ।एमाओवादीमा स्थायी समिति सदस्य लीलामणि पोखरेलले विद्यार्थी राजनीतिकालमा शर्मा जल्दोबल्दो नेताको रूपमा उदाएको बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)