हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

लक्ष्मीपूजाको दिन पनि ४८ मेगावाट विद्युत् भारत निर्यात

यस वर्षको तिहारमा लक्ष्मीपूजाको दिन विद्युत्‌को उच्च माग ९पिक डिमाण्ड० १ हजार २७० मेगावाट पुगेको छ। नेपाल विद्युत्‌ प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन १ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण गरेको थियो।१ हजार ५०० मेगावाट पिक डिमाण्ड पुग्ने प्रक्षेपणअनुसार नै प्राधिकरणले विद्युत्‌ आपूर्तिको व्यवस्थापन गरेको थियो।

Advertisement

प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६ बजे पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरेको छ। गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११२३ मेगावाट थियो। गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड १४७ मेगावाट बढी हो।विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत्‌ आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ।

Advertisement

यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत्‌ भारत निर्यात गरिएको प्राधिकरणले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)