हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बंगलदेशमा नेपाली महिला क्रिकेट टोलीको जित

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि बंगलादेश पुगेको नेपाली टोलीले अभ्यास खेलमा स्थानीय टिमलाई पराजित गरेको छ ।शनिबार भएको बंगबन्धु बीकेएसपी कप सिरिजको पहिलो अभ्यास खेलमा नेपालले बीकेएसपीलाई २४ रनले पराजित गरेको हो ।

Advertisement

नेपाली टोलीले यही नोभेम्बर अन्तिम युएईमा हुने विश्वकप एसिया छनोटमा प्रतिस्पर्धा गर्दैछ र त्यसैको तयारीका लागि बंगलादेश गएको हो ।पहिलो खेलमा नेपालले दिएको ७३ रनको लक्ष्य पछ्याएको बीकेएसपीले अलआउट हुँदै ४८ रन मात्र बनाउन सक्यो । ओपनर फरजाना लिसाले २५ रन बनाउनु बाहेक बीकेएसपीका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

Advertisement

नेपालकी संगिता राईले सर्वाधिक ४ विकेट लिईन् । सरस्वती भण्डारी, कविता कुवँर, सिता राना र रुबिना क्षेत्रीले समान १–१ विकेट लिइन् ।त्यसअघि नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७२ रन बनाएको थियो । नेपालको लागि कविता जोशीले सर्वाधिक २३ रन बनाइन् । रुबिना क्षेत्रीले १६ र काजल श्रेष्ठले १२ रन बनाइन् । बीकेएसपीकी दिशाले ३ र सानुले १ विकेट लिइन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)