ललितपुरको ज्वागलमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

सर्लाहीको बागमती नगरपालिका घर भई ललितपुर महानगरपालिका वडा नम्बर १० ज्वागलमा डेरा गरी बसेकी २२ वर्षीया रेखा साह तेली शनिबार साँझ ६ बजे मृत फेला परेकी हुन्। उनको मृत्यु भएकोबारे प्रहरीले साढे ७ बजेमात्रै जानकारी पाएको थियो।रेखा २३ वर्षीय श्रीमान प्रविनकुमार साह तेलीसँग डेरामा बस्थिन्। प्रविनकुमार किराना पसल खोलेका थिए।

राति झ्यालको रेलिङमा झुण्डिएको अवस्थामा फेला परेपछि आफूहरूले अस्पताल पुर्याएको भनेका छन्,ु महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले भने।रेखालाई जावलाखेलस्थित अल्का अस्पताल पुर्याएइको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। अस्पतालले नै प्रहरीलाई खबर गरेको प्रहरी उपरीक्षक महर्जनले बताए।
रेखा र प्रविनकुमारको डेढ वर्षअघि विवाह भएको प्रहरीले जनाएको छ। त्यसयता उनीहरू ललितपुरमा कोठा लिएर बसेका थिए।घटना शंकास्पद भएरनभएकोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
शवको पोष्टमार्टमपछि घटनाबारे थप खुल्ने प्रहरीको भनाइ छ। पोष्टमार्टमको लागि शव पाटन अस्पतालमा राखिएको छ।अहिले शव पोष्टमार्टमको लागि अस्पतालमा छ। उनीहरूले झुण्डिएको भनेका छन् अब रिपोर्टले के भन्छ हाम्रो अनुसन्धान त्यसैगरी अघि बढ्छ, प्रहरी उपरीक्षक महर्जनले भने।