नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पंचमुखी सरकारको विश्वास नहुने बताएका छन् । सोमबार एमाले मोरङले आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा ओलीले सो कुरा बताएका हुन् । उनले गठबन्धनमा रहेका दलहरूको मुख पाँचतिर फर्केकोले सरकारको विश्वास गर्न नसकिने बताए ।

उनले भने -अहिलेको सरकार पाँचतिर मुख फर्काएर बसेका पञ्चमुखे छन् कसले बोलेको विश्वास गर्नुु उनले थपे ( देउवा एउटा कुरा गर्छन, प्रचण्ड अर्का कुरा गर्छन । अरूका त कुरा सुन्ने फुर्सद पनि छैन् ।उनले अहिलेको सरकारलाई सात दिनभित्रमा ढाल्ने क्षमता आफुसँग भए पनि छुँदा छोइपासो लाग्ने डरले चुप लागेर बसेको बताए ।

तीन महिनासम्म मन्त्रीपरिषद् बिस्तार गर्न नसकेको सरकारले केही गर्छ भन्ने विश्वास नभएको बताउदै उनले अबको चुनावमा एमालेको प्रतिस्पर्धा कांग्रेससँग मात्रै हुने बताए ।अरू दल कांग्रेसको पुच्छर भएर हिडेको आरोप लगाउदै ओलीले भने – चुनावमा गठबन्धन गरेर जान्छौं भनेर अरू दल हिडेका छन्। कांग्रेस बोल्दैन – तागत नभएपछि कांग्रेसका पछाडि लागेका छन् ।