हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

निर्मला कुर्मी बेपत्ता प्रकरणमा ७ जना पक्राउ

नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा ७ जना पक्राउ परेका छन् ।निर्मलाको अपहरण गरी हत्या गरेको किटानी जाहेरीका आधारमा रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कुँवर बबन सिंहलाई पक्राउ गरिएको हो ।जिल्ला प्रहरी कार्यालय, बाँकेका एसपी श्याम अधिकारीका अनुसार जिल्ला अदालतले बबन सिंह ८० वर्ष पुग्नको वृद्ध भएकाले हाजिरी जमानीमा छाडेको बताए ।

Advertisement

किटानी जाहेरीमा उल्लेखित पूर्वसांसद बादशाह कुर्मी चाहिँ भदौमा सरकारी वकिलको कार्यालयमा हाजिर भएर थप बुझ्दा आउने गरी अदालतले छाडेकाले उनलाई पक्राउ गर्न कानूनी आधार नभएको अधिकारीले बताए ।अधिकारकर्मीहरुले काठमाडौंमा आएर धर्ना दिएपछि सरकारले प्रकरणको अनुसन्धानका लागि छानविन समिति बनाएको थियो । समितिले दिएको सिफारिसका आधारमा प्रहरीले अनुसन्धान गरेको हो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)