सरकारले मोतीपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ | सोमबारको मन्त्रिपरिषद् बैठकले मोतीपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई ५ लाख ५० हजार राहत दिने निर्णय गरेको छ । गत असोज २४ गते रूपन्देही मोतीपुरको औद्योगिक क्षेत्रमा सुकुम्बासी र प्रहरीबीच झडप भएको थियो । झडप हुँदा प्रहरीको गोली लागेर चार जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै घटनामा परी दुई दर्जन भन्दा बढी घाइते भएका थिए । प्रदेश सरकारले यसअघि मोतिपुर घटनामा मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो ।