हल्दिबारी डटकम
Hover Ad Article
अर्थ
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एमसीसी पास गर्न मंसिर २८ संसद अधिवेशनको आह्रान

काठमाडौं १७ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गतेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको अधिवेशन आह्वन गरेकी छन् । अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न अधिवेशन आह्रान गरिएको बुझिएको छ ।

Advertisement

नेपालमा एमसीसी पास गर्न संसद अधिवेशन बोलाएकै दिन अमेरिकाको वासिङटन डीसीस्थित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्ड बैठक पनि सोही दिन अर्थात डिसेम्बर १४ मा बस्ने भएको छ ।

Advertisement

एमसीसीको विषयमा भने सत्तारुढ दलहरु बिचै विवाद भइरहेको छ । माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले संशोधन नगरी पास गर्न नहुने भन्दै आएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)