हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

विद्युत् व्यापारमा निजी क्षेत्रलाई जोड्ने सरकारको तयारी: एकीकृत प्रणालीमार्फत बजार विस्तारको लक्ष्य

झा। नेपालमा विद्युत् उत्पादन क्षमता तीव्र रूपमा वृद्धि भइरहेको सन्दर्भमा सरकारले आन्तरिक खपत बढाउन र बचत भएको ऊर्जालाई अन्तरदेशीय बजारसम्म पुर्‍याउन निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ। उत्पादन र मागबीच उचित सन्तुलन कायम गर्दै बाह्य बजारमा पहुँच स्थापित गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक कानूनी, नियामकीय र संस्थागत संरचना सुदृढ बनाउन लागेको हो।

Advertisement

​यस नीतिमार्फत सरकारले ऊर्जा क्षेत्रलाई केवल उत्पादनमा मात्र सीमित नराखी ‘उत्पादन, प्रसारण, आन्तरिक खपत, विद्युत् व्यापार र क्षेत्रीय ऊर्जा बजार’ लाई एउटै एकीकृत प्रणालीका रूपमा अघि बढाउने रणनीति लिएको छ। यसले देशभित्रै ऊर्जा सुरक्षा सुनिश्चित गर्नुका साथै छिमेकी मुलुकहरूसँगको व्यापारलाई पारदर्शी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

Advertisement

​विद्युत् व्यापारको क्षेत्रमा निजी क्षेत्रको भूमिकालाई महत्त्वपूर्ण मान्दै सरकारले उनीहरूलाई सम्भावित बजारको खोजी गर्ने, अन्तराष्ट्रिय साझेदार पहिचान गर्ने र व्यावसायिक जोखिम व्यवस्थापन गर्ने अवसर दिने भएको छ। यसका लागि व्यापारमा आउन चाहने प्रस्तावित कम्पनीहरूलाई पूर्वतयारीका निम्ति ‘नो अब्जेक्सन सर्टिफिकेट’ (NOC) वा आशयपत्र (LoI) उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ।

​यद्यपि, यो एनओसी वा एलओआई अन्तिम व्यापारिक लाइसेन्स भने होइन। यसले निजी क्षेत्रलाई बजार अध्ययन र आवश्यक प्रक्रिया अघि बढाउन पूर्वस्वीकृति मात्र प्रदान गर्नेछ, जसले गर्दा भोलिका दिनमा क्षेत्रीय ऊर्जा व्यापारमा नेपालको उपस्थिति थप मजबुत र प्रतिस्पर्धी बन्न सक्नेछ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)