समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षको दाँत भाँचियो

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच आज मङ्गलवार कुटाकुट भएको छ । ​कुटाकुटका क्रममा अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्षको पनि हातमा चोट लागेको छ ।

Advertisement

आज दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेका बेला विवाद भएको थियो । त्यही क्रममा अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी भएको वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो । ‘म पनि बैठकमा सहभागी थिएँ, समान्य छलफल नै भइरहेको थियो । त्यही क्रममा एक्कासी अध्यक्ष र उपाध्यक्षबीच मुक्कामुक्की नै हुन थाल्यो’, उहाँले भन्नुभयो, ‘पछि थाहा पाउँदा अध्यक्षज्यूको दुई वटा दाँत नै भाँचिएछ ।’

Advertisement

उपाध्यक्ष मण्डलले गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेकै बेला नजिक आएर अपशब्द गरेपछि आफूले कुर्सी उठाएको उपाध्यक्ष मण्डलले बताउनुभयो । ‘अध्यक्षज्यूले अपशब्द प्रयोग गर्न थालेपछि मैले प्रतिवाद गरे र त्यही क्रममा मैले कुर्सी पनि उठाएँ’ उहाँले भन्नुभयो, ‘तर मलाई थाहा थएन उहाँको दाँत भाँचियो भनेर ।’ आफू अध्यक्षभन्दा धेरै टाढा बसेको आफू नजिक आएर गालीगलौज गर्दै हातपात गर्न थालेपछि आफूले प्रतिकार गरेको उपाध्यक्ष मण्डलको भनाइ छ ।

यस घटनाबारे अध्यक्षसँग बुझ्न खोज्दा उहाँसँग सम्पर्क भएन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी भएको खबर आएको बताउनुभयो । ‘घटनापछि उहाँहरू आ–आफ्नो घरतिर लागेको भन्ने कुरा जानकारी आयो । यद्यपि उहाँहरूबाट प्रहरीमा कुनै जानकारी आएको छैन ।’ उज्यालोबाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article