बनियानी ,७ भदौ । झापाको कचनकवल गाउँपालिकाको आयोजनामा संचालित ३ दिने कुकुर बन्ध्याकरण शिविरमा २७४ वटा छाडा- भुस्याहा तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण गरिएको छ ।
गाउँपालिका पशुसाखा प्रमुख मशिन्द्र यादवका का अनुसार बन्ध्याकरण गरिएकामध्ये १११ पोथी र १६३ भाले कुकुर्हरु रहेका छन् ।
बन्ध्याकरण गरी पालिकाले छाडा छोडिएका कुकुर नियन्त्रण गर्ने प्रयास गरेको गाउँपालिका अध्यक्ष कालेद्र प्रसाद सिंह राजवंशीले बताउनु भएको छ । उनका अनुसार जनसमुदायबाट आउने गरेको जनगुनासो संबोधन हुने बिश्वास गरिएको छ ।स्थानीय स्तरमा गाई, बाख्रालगायतका घरपालुवा जनावरहरु टोक्ने तथा मार्ने र रेबिज रोग नियन्त्रण गर्ने कार्यमा सहयोग पुग्ने अपेक्षाका साथ शिविर संचालन गरीएको गाउँपालिकाले जनाएको छ ।
इटहरीस्थित नेपाल एग्री लाईभस्टक एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर संचालन गरिएको र गाउँपालिकाबाट ६ लाख रुपैयाँ विनियोजन गरीएक प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले बताए l फाइल फोटो