समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भदौ १० देखि १२ गतेसम्म समानुपातिक निर्वाचनका लागि दल दर्ता

हल्दिबारी  / प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलेले दल दर्ता गर्नु पर्ने भएको छ । निर्वाचन आयोगले भदौ १० देखि १२ गतेसम्म दर्ताका लागि निवेदन पेस गर्नुपर्ने जनाएको छ ।

Advertisement

“मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ वा दफा ४९ बमोजिम आयोगमा दल दर्ता गर्नुपर्नेछ,”l

Advertisement

 आयोगले सूचना जारी गर्दै भनेको छ, “समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई २०७९ साल भदौ १० देखि १२ गतेसम्म कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ ।”

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article