बिर्तामोड । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले फोहोर व्यवस्थापनमा कुनै कसर बाँकी नराखेको बताउनु भएको छ । उहांले बिर्तामोडको फोहोर व्यवस्थापनमा नगरपालिका सधैं सचेत र सजग रहेको बताउनु भयो ।



बिर्तामोड नगरपालिका र बिर्तामोड उधोग वाणिज्य संघले आज विहान विभिन्न संघ संस्थाको साझेदारीमा आयोजना गरेको सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै मेयर प्रसाईले फोहोरका नाममा विभिन्न अफवाह फैलाएकोमा चिन्ता व्यक्त गर्नु भयो। उहांले सरसफाईका लागि नगरपालिकाले सक्दो काम गरिहेको भन्दै उक्त अभियानमा सबैलाई साथ दिन आग्रह गर्नु भयो ।
बिर्तामोडको फोहोर व्यवस्थापनमा विभिन्न समूहले बाटोबाटोमा फोहोरका गाडि रोकेर दुःख दिने गरेको मेयरको भनाई छ । अहिले निरन्तर बिर्तामोडको फोहोर उठाउने काम चलिरहेको भन्दै दीर्घकालिन व्यवस्थापनका लागि कनकाई बिर्ता अर्जुन पब्लिक कम्पनीसँग साझेदारी गरिएको जानकारी दिनुभयो।
नगरपालिका, वाणिज्य संघ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय विभिन्न संघ संस्थाको संयुक्त आयोजनामा बिर्तामोड सरसफाई गरिएको हो ।