हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सिराहामा ढलमा शालनालसहित शिशुको शव फेला

सिरहा, ९ असोज:

Advertisement

सिरहाको गोलबजरमा नाला (ढल)मा शालनालसहितको नवजात शिशुको शव फेला परेको छ। गोलबजार नगरपालिका- ६ मा महिना पुगिसकेको जस्तो देखिने शालनालसहितको शिशु (छोरा)को शव नालामा फालिएको अवस्थामा आइतबार बिहान फेला परेको हो।

Advertisement

स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खवर पाएपछि तत्काल पुगेको प्रहरीले आवशयक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल लहान पाठाइएको इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख इन्सपेक्टर प्रदीप पौड्यालले जानकारी दिए।

अवैध सम्वन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशुको शव फालेको हुनसक्ने स्थानीयले अनुमान गरेको छ। प्रहरीले भने घटनाबारे अनुसनधान गरिरहेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)