समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

लिङ्देनलाई संग्रौलाको ब्यंग्यः राप्रपा पहिलो पार्टी बन्छ, तर पुछारबाट गन्दा है मान्यवर!

आगामी चुनावपछि आफ्नो पार्टी पहिलो पार्टी बन्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई लेखक खगेन्द्र संग्रौलाले ब्यंग्य गरेका छन्।

Advertisement

लिङ्देनले बुधबार रवीन्द्र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरसँगको एकता घोषणा कार्यक्रममा नागरिकले विश्वासिलो विकल्प खोजिरहेको र राप्रपा विकल्प रहेको दावी गर्दै चुनावपछि पहिलो पार्टी बन्ने बताएका थिए।

Advertisement

सोही विषयमा ब्यंग्य गर्दै संग्रौलाले राप्रपा ‘पुछारबाट’ पहिलो पार्टी बन्ने भन्दै ट्वीट गरेका छन्। संग्रौलाले रवीन्द्र मिश्र संघीयता, गणतन्त्र र धर्मनिरपेक्षाको हत्या गर्न राप्रपामा छिरेको आरोप समेत लगाएका छन्।

संग्रौलाले लेखेका छन्– ‘संघीयता, गणतन्त्र र धर्मनिरपेक्षाको हत्या गर्न रवीन्द्र मिश्र राप्रपमा छिरेपछि लिङ्देनले भने– आउने चुनावमा राप्रपा पहिलो पार्टी बन्छ। यो दाबीमा कालको त्रुटि छ। वास्तवमा राप्रपा हिजो पहिलो पार्टी थियो, आज पहिलो पार्टी छ, भोलि पहिलो पार्टी रहनेछ। तर पुछारबाट गन्दा है मान्यवर!’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article