समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आचारसंहिता अनुगमन गर्न अनुसन्धान विभागलाई दिएकोप्रति महासङ्घको असहमति

काठमाडौँ l ले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोप्रति असहमति जनाएको छ । महासङ्घले निर्वाचन आचारसंहिताअन्तर्गत पत्रकार तथा सञ्चारमाध्यमका लागि उल्लेख आचारसंहितासमेत पालना भए–नभएको अनुगमन गर्ने जिम्मा आयोगले विभागलाई दिएकोप्रति असहमति जनाएको हो ।

Advertisement

आचारसंहिताको पालना गरे नगरेको अनुगमन गर्ने काम प्रेस काउन्सिल नेपालले गर्दै आएको छ । “नेपाली सञ्चारजगत्ले स्वनियमनको सिद्धान्तअनुसार सञ्चार क्षेत्र आफैँले बनाएको आचारसंहिता पालना गर्दै आइरहेकोतर्फ आयोगको ध्यानाकर्षण गराउँदै विभागमार्फतको अनुगमन नेपाली सञ्चार क्षेत्रलाई मान्य नहुने कुरा प्रष्ट पार्न चाहन्छौँ”, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

Advertisement

यसैगरी आयोगले चुनाव प्रचार÷प्रसारसम्बन्धी विज्ञापनको विषयमा अनलाइन सञ्चारमाध्यमप्रति विभेद गरिएकामा पनि महासङ्घको ध्यानाकर्षण भएको छ । महासङ्घले लोकतन्त्रमा सबै सञ्चारमाध्यमको भूमिका समान हुने जनाउँदै संवैधानिक आयोगबाटै भएको विभेद आपत्तिजनक हुने जनाएको छ । महासङ्घले तत्काल सच्याएर सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्न र अनलाइन सञ्चारमाध्यमले पनि निर्वाचनका प्रचार÷प्रसारसम्बन्धी विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने व्यवस्था गर्नुपर्ने महासङ्घको माग छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article